राजनीति

विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री



काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने हुनुभएको छ ।

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गर्नुभएका प्रवक्ता शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले जानकारी दिनुभयो ।