काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने,
प्रदेश २ को अध्यक्षमा रामअवतार यादव,
बागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे,
गण्डकी प्रदेशको नवराज शर्मा,
लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल,
कर्णाली प्रदेशको विनोदकुमार शाह
सदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ ।
उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्