Banner News

२५४ जनामा कोरोना संक्रमण, २३४ जना डिस्चार्ज



काठमाडौँ, २६ मंसिर । थप २ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार २ सय २२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६ हजार ७ सय ७८ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ जना पुगेको छ ।