Banner News

प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा : महासचिव पोखरेल



काठमाडौँ, २७ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन् ।

आज ललितपुरमा अखिल नेपाल महिला संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय प्रचण्ड र नेपालले पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताए ।

उनले प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोपसमेत लगाए । दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको उनले उल्लेख गरे ।