समाचार

लागू औषधसहित २ जना भारतीय नागरिक पक्राउ



धनगढी, २७ मंसिर । कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका-६ को नकैयास्थित नेपाल-भारत सीमा क्षेत्रमा पक्राउ गरी उनीहरूको साथबाट १०.४२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।