Banner News

कांग्रेस सभापतिको मत परिणाम : देउवाको अग्रता कायमै



काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २६ सय ०६ मत भोट गन्दा देउवाले अग्रता लिएका हुन् । हाल देउवाले १२ सय ६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ९ सय ८० मत पाएका छन् । त्यसैगरी प्रकाशमान सिंहको २०५, विमलेन्द्र निधिको १ सय ६२ तथा सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले १२ मत पाएका छन् । मतगणनामा राष्ट्रिय सभागृहमा चलिरहेको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । सभापतिमा जित्न २३४० मत चाहिन्छ । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।