अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १२ सय १० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।