काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन ।
पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उनकै निवास चाक्सीबारी पुगेका थिए ।
छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताए । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उनकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्