Banner News

अख्तियारद्वारा ३ वटा नगरपालिकामा छापा



काठमाडौँ, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ ।

चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार आयोगको टोलीले गरेको स्थलगत छानबिनको आधारमा सो उजुरी उपर थप अनुसन्धान गरिने सहसचिव रिसालले बताउनुभयो ।