समाचार

आजको मौसम



काठमाडौँ, २९ मंसिर । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा रहने भए पनि देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको  पहाडी भू-भागमा आंशिक बदली  रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा छ ।

देशभर चिसो बढिरहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।