राजनीति

एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब



काठमाडौँ, २९ मंसिर । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ ।

चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो ।

चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसद्मा एमसिसी पेस नगर्न दबाब दिएको स्रोतको दाबी छ । सरकारले संघीय संसद्को चालु अधिवेशनमा एमसिसी पेस गर्ने तयारी गरेको छ । संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।

सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो । यो समाचार आजको नागरिक दैनिकमा छ ।