राजनीति

अध्यक्ष नेपालले दिए सभापति देउवालाई बधाई



काठमाडौँ, २९ मंसिर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

आज बिहान उनले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । उनले लेखेका छन्, “दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।,”