राजनीति

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा बारको निरन्तर धर्ना



काठमाडौँ, २९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै नेपाल बार एसोसिएनले धर्ना दिएको छ ।

यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सर्वोच्चमा गोला प्रथा प्रणाली लागू भए पनि उच्च र जिल्लामा सोही प्रणाली लागु हुनुपर्ने उनीहरूको माग छ।