Banner News

रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा राजीनामा



काठमाडौँ, १ पौष । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका मन्त्री रिजालले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।,”