समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



मकवानपुर, ३ पौष । मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना ७ त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वडा नं १५ निवासी सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाईबाको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौँडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालक हेटौँडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।