Banner News

सर्वदलीय बैठक आज : एमाले नजाने



काठमाडौँ, ४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् ।

आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ । गत मंसिर २८ गते बैठक बोलाएपछि एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध पार्दै आइरहेको छ ।

प्रधानमन्त्रीले बोलाएको एमालेले नजाने भएको छ । एमालेले कारवाही गरेका नेताहरुको सहभागिता हुने भएपछि एमालेले उक्त बैठक बहिस्कार गर्ने भएको हो । बैठकमा नेकपा एकिकृत समाजवादीइले समेत सहभागिता जनाउने भएपछि एमालेले सहभागिता नजनाउने भएको हो । एमालेले आफुले कारवाही गरेका सांसदलाई सभामुखले सूचना जारी नगरेसम्म संसद अवरोध गरिरहने समेत स्पष्ट पारेको । सभामुखले सूचना जारी नगरे सभामुखले राजिनामा दिनुपर्ने एमालेको माग रहेको छ ।