समाचार

आजको मौसम



काठमाडौँ, ४ पौष । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा छैमौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम  माइनस ५.३ डिग्री सेल्सियस रहेको छ ।

तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चलेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्ने बताइएको छ । केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।