धादिङ, ४ पौष । धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा पर्ने सल्यानकोटको एउटा बस्ती नै एमालेमा प्रवेश गरेको छ ।
शनिवार आयोजित एमालेले त्रिपुरासुन्दरी ४ स्थित कार्कीगाउँमा बृहतसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीबाट वडा सदस्य निर्वाचित अर्जुन विसुन्खे सहित ९७ जना रहेको एमाले धादिङका युवा नेता ध्रुव अधिकारीले जानकारी दिनुभयो । मुलुकको विकास र समृद्धिको साथै साथै राष्ट्रियताको सवालमा एमालेको विकल्प नभएकाले एमाले रोजेको नवप्रवेशीले बताए । एमाले नेतृत्वको सरकारले देशभरको साथ साथै धादिङगमा समेत ऐतिहासिक फड्को मारेको उल्लेख गर्दै नवप्रवेशीले वर्तमान गठबन्धनको सरकार तथा पार्टीले मुलुकलाई गंभिर संकटको बाटोमा डोर्याएकाले त्यसको रक्षाको निम्ती एमाले रोजेको बताए ।

बागमति प्रदेश इन्चार्ज कासीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एमाले धादिङका इन्चार्ज खेम लोहनी, जिल्ला कमिटी अध्यक्ष भूमि त्रिपाठी, गाउँपालिका अध्यक्ष शम्भु थापा, विष्णुसापकोटा, युवा नेता तथा ठमेल पर्यटन व्यवसायी समितिका महासचव ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो । नवप्रवेशीलाई अविर तथा खादा लगाई पार्टीमा स्वागत गरिएको थियो । स्वगत कार्यक्रममा बोल्दै अतिथिहरुले नवप्रवेशीको योग्यता, क्षमता, दक्षता तथा पार्टीको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीमा उचित जिम्मेवारी दिएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । अतिथिहरुले नवप्रवेशीको साथ साथै पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्लाभर निर्वाचन केन्द्रीत गतिविधिहरुलाई व्यापकमात्रामा बढाउन निर्देशन समेत दिए ।










प्रतिक्रिया दिनुहोस्