Banner News

२२० जनामा कोरोना संक्रमण, २६३ जना डिस्चार्ज



काठमाडौँ, ५ पौष । थप २ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार ९  सय ५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९ हजार १ सय ५५ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ जना पुगेको छ ।