Banner News

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौँ, ६ पौष । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्ने भएको छ ।

बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ । सभामुख सापकोटा भने नेपाल लगायतका सांसदहरुलाई कारबाहीको सूचना टास्न तयार हुनुहुन्न ।