काठमाडौँ, ६ पौष । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै काठमाडौंको आज विहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ । उनका अनुसर आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने छ ।










प्रतिक्रिया दिनुहोस्