ललितपुर, ६ पौष । ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाँटमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँका अनुसार गएराती नख्खुबाट टिकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपर अनियन्त्रित भई फलामको पुलमा ठोक्किएर दुर्घटना हुँदा गोदावरी नगरपालिका–७ बरुङचुल्लीका ३० वर्षीय अजय मार्फाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मार्फाको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा गएराती साढे ११ बजे मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्