काठमाडौँ, ७ पौष । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ । तराईका भू-भागहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको छ ।
काठमाडौँको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ । आज बिहान काठमाडौँको भिजिविलिटी ५ किलोमिटर रहेको छ ।










प्रतिक्रिया दिनुहोस्