समाचार

जंगली हात्तीको आतंक



सिन्धुली, ७ पौष । सिन्धुलीमा जंगली हात्तीको समुहले आतंक मच्चाएका छन् ।

कोशी टप्पु वन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका हात्तीको बथानले गएराती कमलाखाेंच क्षेत्रको दुधौंली नगरपालिका–४ बैराहामा घर भत्काएको हो ।

aविगतका वर्षहरुमा पुसको अन्तिमतिर सिन्धुली पस्ने गरेका हात्ती यसवर्ष मंसिरबाटै कमलाखोंचमा प्रवेश गरेर आतंक मच्चाईरहेका छन् । हात्तीको बथानले यस अघि पनि दुधौली नगरपालिका–६ को माथिल्लो पत्रिंगा र कुनी गाउँमो ३० वटा घर भत्काएका छन् भने केराघारी मास्ने र घरमा राखेको धान समेत खाईदिएका थिए ।