काठमाडौँ, ७ पौष । कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ ।
सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने निश्चित भएकाले समस्या नहुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्