काठमाडौँ, ७ पौष । शेयर बजार परिसूचक नेप्सेमा आज ९२.१६ अंकले वृद्धि भएको छ । यो ३.८२ प्रतिशतको वृद्धि हो ।
बजार २५०७.७० अंकमा पुगेको छ । बुधबार कुल २३३ कम्पनीको ५५ हजार ९ सय ९७८ वटा कारोबार भएको छ । यसबाट ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको भएको छ । बुधबार सबै परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् ।
बुधबार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।










प्रतिक्रिया दिनुहोस्