काठमाडौँ, ८ पौष । देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।
आजराति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“काठमाडौँमा आज बिहान ३.५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान काठमाडौमा घाम लाग्नेछ भने दिउँसो आंशिक बदली हुनेछ ।










प्रतिक्रिया दिनुहोस्