Banner News

रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा



काठमाडौँ, ८ पौष । युवा नेत्री रन्जु दर्शना विवेकशील साझा पार्टीबाट अलग भएकी छन् ।

बिहीबार उनले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै इमेल र पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी छन् । “मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछ,” पत्रमा भनिएको छ ।

रन्जु दर्शनाले पार्टीमा पठाएको पत्र-

आदरणीय अध्यक्ष रविन्द्रजी, सम्पूर्ण जिम्मेवार सदस्य साथीहरु,


वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढाव हरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (hypocrisy) पाएँ।

संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मुलचारित्र नै दुर्घन्दित बनाएर भैरहेका सम्पूर्ण कदम, व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नविनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ। मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु।
तसर्थ यसै ईमेल र पत्र मार्फत सदाका लागि यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु।

तपाई सबैको मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस्

– रन्जु दर्शना