विश्व

बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु



एजेन्सी, ९ पौष । बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

त्यहाँको सुगन्धा नदीमा शुक्रवार सखारै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसीले जनाएको छ ।

डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो ।