राजनीति

नेपाल प्रहरीका एसएसपी यादव मृत अवस्थामा फेला



काठमाडौँ, ९ पौष । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार आज दिउँसो संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।