Banner News

अध्यक्ष दाहालद्वारा स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश



काठमाडौँ, ९ पौष । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

आज बिहान पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनको वाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।