काठमाडौँ, ९ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको आरोप लगाउनुभएको छ ।
शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ(गाउँ हिँडेको उल्लेख गर्नुभयो । पछिल्लो समय एमाले तथा अध्यक्ष ओली देश दैडाहमा जाँदै आफु गएको प्रत्येक ठाउँहरुमा पाँच हजारका दरले भन्दा बढी पार्टी प्रवेश गराइरहनुभएको छ । एमालेले चुनाव केन्द्रीत गतिविधिहरु सञ्चालन गरी देशभर पार्टी प्रवेशको अभियान सञ्चालन गरिरहेको छ । जसमा विशेष गरी माओवादीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेका छन् ।
उहाँले भन्नुभयो, ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफुहरुसँगमात्रै छ । अहिले केही मान्छे गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्, तर सुनारको सय चोट लोहारको एकैचोट भन्ने यो सन्देश दिन चाहान्छु ।’
प्रचण्डले केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न चाहिरहेको भन्दै एमालेसँगको एकताको चाहाना हुँदाहुँदै पनि विविध शक्ति मिलेर सफल हुन नदिएको आरोप लगाउनुभयो । उहाँले केपी ओलीले अहिले जतिसुकै चर्का कुरा गरेपनि जनताले आगामी निर्वाचनमा हैसियत देखाइदिने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी राष्ट्रिय एकताको झण्डा उचो राख्न चाहान्छौँ । केही समयपछि नै स्पस्ट हुनेछ । कि को विजयी हुने हो, को होइन भन्ने कुरा ।’










प्रतिक्रिया दिनुहोस्