समाचार

आजको मौसम



काठमाडौँ, १० पौष । अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने छ । आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने छ ।

काठमाडौँ उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । न्यूनतम तापक्रम नघटे पनि चिसो हावा चल्दा र घाम नलाग्दा बढी चिसो महसुस हुन्छ । हिजो काठमाडौँको अधिकतम तापक्रम १८  डिग्री सेल्सियस रहेको थियो ।

आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । अबको केही दिन देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।