काठमाडौँ, १० पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगम रहेको बताएका छन ।
आज ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शुभकामना ब्यक्त गर्दै उनले मुलुकमा मनाइने चाडपर्वहरूले विविध साँस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्देशमा बताएका हुन् ।
आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीस्टियन समुदायमा यस पर्वको पावन अवसरमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगिकार गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्