समाचार

नेपाल टेलिकमका ३५ कर्मचारीहरु १० औं तहमा बढुवा



काठमाडौँ, १० पौष । नेपाल टेलिकमले एकैपटक ३५ जना कर्मचारीहरुलाई निर्देशक पदमा बढुवा गरेको छ ।

टेलिकमले निर्देशक पद खालि भएसँगै हाल उप प्रबन्धक पदमा कार्यरत कर्मचारीहरुलाई प्रबन्धक तथा निर्देशक पदमा बढुवा गरेको हो । प्रबन्धक वा निर्देशक पदलाई नेपाल टेलिकमको कार्यालय संचालनको लागि मुख्य जिम्मेबारीयुक्त पदको रुपमा लिने गरिन्छ ।

यसरी बढुवा हुनेमा टेलिकम तर्फ २८ जना रहेका छन्। जसमा नामाकर न्यौपाने, विमल आचार्य, अनन्त प्रकाश मल्लिक,अनिलकुमार श्रेष्ठर, ज्ञानेश दङ्गाल, हरी ढकाल, सुबोध रिमाल, राजेश जोशी, लक्ष्मण महर्जन, सरोज कुमार शाक्य, शोभन अधिकारी, बिमलेश झा, सन्जय शाक्य,सुरन्द्र कुमार कर्माचार्य, राजेन्द्र महर्जन, प्रविन बज्राचार्य, गोपाल सिंह के.सी.,अनुप रेग्मी, किशोर कुमार भट्ट, श्रीभद्र घिमिरे, प्रकाश मानन्धर, बिनोदकुमार आचार्य, कृष्ण प्रसाद भण्डारी, मिलन श्रेष्ठ, बसन्त लिङथेप, तिलक शर्मा कंडेल, केदार नाथ कोइराला रहेका छन् ।

त्यसैगरी प्रबन्धक सिभिल तर्फ प्रदिप कुमार रेग्मी रहेका छन भने प्रशासनतर्फ राजन कुमार अधिकारी, निर्झर भट्टराई र गणेश चौधरी बढुवा भएका छन् । यसका साथै लेखातर्फ भने कुमार प्रसाद खतिवडा, सुशील कुमार दवाडी, र सुजन कुमार पोखरेल १० औं तहमा बढुवा भएका हुन् ।