अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ पौष । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।