काठमाडौँ, १३ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ ।दे शका विभिन्न क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आजराति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेकाले देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्