काठमाडौँ, १३ पौष । सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिएको छ ।
पुस महिनाभरि सूर्य धनु राशिमा हुन्छन् । हरेक वर्ष पुसमा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।धनुर्मास पूजा गर्नुअघि हिजो बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ ।
यही विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । भरे बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । भोलि बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ।










प्रतिक्रिया दिनुहोस्