अर्थ

सुनको मूल्य घट्यो चाँदीको मूल्य बढ्यो



काठमाडौँ, १३ पौष । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।