समाचार

पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी



काठमाडौँ, १३ पौष । साउनदेखि मंसिरसम्मको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

केन्द्रीय प्रहरीका अनुसार उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको छ भने २२९ वटा घटनाको छानबिन सकिएको छ ।

यही अवधिमा १ हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) ३, प्रहरी नायब उपरीक्षक (डीएसपी) ४, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन् ।

त्यस्तै, ३०५ जना हवल्दार कारबाहीमा परेका छन्, ६७५ प्रहरी जवान र १४ प्रकाश कारबाहीमा परेका छन् । प्रहरीले यही अवधिमा एक हजार ९८० जनालाई प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेको छ ।