Banner News

प्रधानमन्त्रीद्वारा एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्‍ने टोलीलाई बधाई



काठमाडौँ, १३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका हुन् । बंगलादेशमा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि रक्षा गरेको हो ।

May be an image of 3 people and text that says 'हार्दिक बधाई ഫaസസ e제 'एमिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप'को उपाधि लगातार दोस्रोपटक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई। आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दे निरन्तर सफलता प्राप्तिको शुभकामना व्यक्त गर्दछ्ु। भ्रकਵ शेरवहादुर देउवा प्रधानमन्त्री'

रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपालले कूल ६ खेल खेल्दा अपराजित रहँदै च्याम्पियन बनेको हो ।