राजनीति

संसदीय समितिले दिएको निर्देशन पालना गर्छु : मन्त्री आले



काठमाडौँ, १३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिवद्धता पनि गरे ।

उनले भने, ‘तपाईहरुले दिएका निर्देशन विगतमा के हो मलाई थाहा छैन, म हुबहु लागू हुनेगरी काम गर्नेछु । तपाईहरुको निर्देशन पालना गर्नेछु भन्ने म प्रतिवद्धता जायर गर्न चाहन्छु । तारागाउँ विकास समितिको कुरा एकदमै गम्भीर छ । १४८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ । जबकी त्यो राख्नै पाइदैनँ ।’ ‘तपाईहरुले दिएको निर्देशन कार्यान्वयन गर्नेतिर म जानेछु भन्ने प्रतिवद्धता जनाउन चाहन्छु।’