समाचार

भोली सार्वजनिक विदा



पोखरा, १४ पौष । तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले भोली (बिहीबार)सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेकोले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।