काठमाडौँ, १५ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सातवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आजराति देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौँमा भने आज वर्षाको सम्भाना न्यून रहेको छ । काठमाडौँमा आज बिहान ६ बजे ६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्