Banner News

एमाले बागमती प्रदेश कमिटीले गर्यो ४ वटा महत्वपूर्ण निर्णयः उपसमितिहरु गठन



काठमाडौँ, १५ पौष । नेकपा एमाले बाग्मती प्रदेश कमिटीले प्रदेशको पहिलो अधिवेशनलाई भव्य र व्यवस्थित तवरले सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारीको साथमा चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

हिजो नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटी पदाधिकारीहरुको तेस्रो बैठक अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता र इञ्चार्ज काशीनाथ अधिकारी सहइञ्चार्जहरु, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको छ । उक्त बैठकले तपसिलका विषयहरुमा छलफल गरी चार वटा निर्णयहरु गरेको हो । जसले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न उपसमितिहरु समेत निर्माण गरेको छ ।

बैठकले गरेको चार वटा महत्वपूर्ण निर्णयहरु

क) नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन ८–९ माघ २०७८ यलम्बर पार्टी प्यालेस रामशाह पथ, काठमाडौँमा गर्ने ।

ख) तपसिलका नेताको संयोजकत्वमा निम्न उप समितिहरु गठन गर्ने,

१. राजनीतिक/सांगठानिक प्रतिवेदन अध्यक्ष केशबराज पाण्डे
२. आर्थिक व्यवस्थापन उपाध्यक्ष रामहरी सुवेदी
३. प्रतिनिधि व्यवस्थापन सचिव विजय सुवेदी
४. प्रचार–प्रसार उपसचिव रत्न गुरुङ
५. हल, मञ्च र खाद्य व्यवस्थापन उपसचिव महेशकुमार बर्तौला
६. अतिथि सत्कार सचिवालय सदस्य अप्सरा चापागाई
७. स्वास्थ्य प्रदेश सदस्य डा. रामकुमार अधिकारी
८. स्वयमसेवक परिचालन प्रदेश सदस्य उपेन्द्र पौडेल (उक्त कमिटीहरुलाई पछि पूर्णता दिइने)

ग) २ माघ २०७८ भित्र बागमती प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरिसक्नु पर्ने ।

घ) १२ माघ २०७८ मा हुने रिक्त राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउनेगरी अधिक्तम् पहल र प्रयत्न गर्ने निर्णय भयो ।