काठमाडौँ, १५ पौष । नेकपा माओवादी केन्द्रले संविधानसभामा पेस गरेको फरक मतलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न माग गरिएको छ ।
सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयलाई बन्दसत्रमा पेस गर्दै सल्लाहकार समिति समूह ‘क’ का चित्रबहादुर श्रेष्ठले उक्त कुरामा जोड दिनुभएको हो । २१ औं शताब्दीमा नेपाली राजनीतिक दलहरुको अवस्था, समाजवादी क्रान्तिको लागि के कस्ता भूमिका रहनेछ भन्ने व्याख्या पनि प्रतिवेदनमा गर्नुपर्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्नुपर्ने र चीन तथा भारतसँगको परराष्ट्र नीति कस्तो हुने भन्ने प्रस्ट विश्लेषण हुनुपर्ने उहाँले बताउनुभयो ।
संविधानसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट पेस गरिएको मुलभूत मतभेद संक्षिप्त रुपमा भने पनि प्रतिवेदनमा उल्लेख गर्न उपयुक्त हुने सुझाव आएको उहाँले बताउनुभयो । प्रजातान्त्रिक समाजवाद र वैज्ञानिक समाजवादबीच भिन्नताबारे व्याख्या गर्न आवश्यक रहेको पनि उहाले औंल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्