काठमाडौँ, १६ पौष । नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ले आफूले पेश गरेको राजनीतिक प्रतिवेनमाथि उठेको प्रश्नको जफाव दिँदै छन् ।
महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिस्ठान कमलादीमा जारी छ । शुक्रबार साँझ महाधिवेशनस्थल कमलादीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज दिउँसो १ बजेबाट बन्द सत्र सुरु हुनेछ । बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगमा प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । त्यपछि अध्यक्ष प्रचण्डले आफूले पेश गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ माथि उठेको प्रश्नको उवाफ दिने छन् ।
उक्त प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाइएको थियो । बुधबार ११ र बिहीबार १४ वटा समूहका नेताले आआफ्नो समूहको निष्कर्ष सुनाएका थिए ।










प्रतिक्रिया दिनुहोस्