काठमाडौँ, १६ पौष । ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने भएको छ ।
ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सांसद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले ललितपुरको अध्यक्षका लागि दौडधूप गरिरहेका छन् ।
आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए । बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सहसंयोजक नियुक्त भएका थिए । प्रेमभक्त महर्जन भने एमाले विभाजित भएर माधव नेपालले एकीकृत समाजवादी गठन गरेपछि एकीकृतमा खुलेका थिए भने पछि एमालेमै फर्केका हुन् । क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रहिसकेका प्रदेश सांसद सञ्जेल पनि अध्यक्षका लागि दौडधुपमा छन् । एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।
लितपुरमा ५८० जना प्रतिनिधि महाधिवेशन रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्