Banner News

माओवादीको बन्दसत्र भोलिसम्मलाई स्थगित



काठमाडौँ, १७ पौष । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भोली दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित भएको छ ।

सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भन्दै बन्दसत्र भोलिसम्मका लागि स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जनाएको छ ।

शनिबार सर्वसम्मत रूपमा पार्टीको विधान पारित गरिएको थियो । नयाँ विधानानुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि, केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।