समाचार

काठमाडौँ उपत्यकामा थप ३७८ जनामा कोरोना पुष्टि



काठमाडौँ, २३  पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३७८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ गरी ३७८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार ६८० पुगेको छ । त्यस्तै देशभर थप ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।